Flash News

कांग्रेस नेता भण्डारीको आइसियुमा उपचार हुँदै

४ फाल्गुन २०७९, बिहीबार ०२:३४

काठमाडौँ। खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा‍‍‍‍‍‍‍.चन्द्र भण्डारी घाइते भएका छन्।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ। सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्