बजार प्रेस

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

२१ बैशाख २०८१, शुक्रबार ११:४२

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरे ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरिन् ।

महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा.  शाक्यको भूमिकाको प्रशंसा गरिन् ।

चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए ।

महिला चेम्बर मार्फत महिला उद्यमशिलता एवं शसक्तीकरणका लागि चेम्बरले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्