राजनीनिती

अखिलको नयाँ नेतृत्वका चयनका लागि मतदान हुँदै

४ फाल्गुन २०७९, बिहीबार ०७:२२

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’ को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ। ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने ।

बडाल नेतृत्वको पूर्व कमिटी भङ्ग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्द सत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चार जना र सचिव १० जना चयन हुनेछन्। जारी महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ।नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेशन आज समापन हुनेछ। -न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्