Flash News

अनुदान निकासाका लागि महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

२८ बैशाख २०८१, शुक्रबार १५:३१

काठमाडौँ। कटौती भएको समानीकरण अनुदान निकासाका लागि गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएको छ।

शुक्रबार महासंघका उपाध्यक्ष लक्ष्मण शाही र कोषाध्यक्ष उमेशप्रसाद भट्टले कटौती भएको समानीकरण अनुदान निकासाका लागि महासंघको तर्फबाट ध्यानाकर्षण गराएका हुन्।

महासंघले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री पुनले समानीकरण अनुदान निकासा गरिने प्रतिवद्धता व्यक्त गरेको उपाध्यक्ष शाहीले जानकारी दिएका छन्। महासंघले भनेको छ, ‘कटौती भएको समानीकरण अनुदान निकासाका लागि महासंघको प्रयास जारीछ। उक्त रकम तत्काल निकासा गर्ने व्यवस्थाका लागि माननीय अर्थमन्त्री समक्ष आज महासंघका उपाध्यक्ष लक्ष्मण शाही र कोषाध्यक्ष उमेशप्रसाद भट्टले भेट गरी ध्यानाकर्षण गराउनु भएको छ।’

महासंघले अगाडि भनेको छ,‘भेटमा माननीय अर्थ मन्त्रीबाट कटौती भएको रकम तत्काल निकासा गर्ने, आगामी आ.व.मा समानीकरण अनुदान थपगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटकै क्रममा माननीय मन्त्रीबाट अर्थ सचिवलाई तत्काल मन्त्री परिषदमा लैजाने प्रस्ताव तयार पार्न निर्देशन दिनुभएको छ। प्रयास जारी छ र सरकारबाट प्रतिबद्भताहरु आइरहेका छन्। तर, निर्णय नभएसम्म दवाव दिने कार्य निरन्तर हुनेछ।’

 

प्रतिक्रिया दिनुहोस्