Flash News

अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया विजयी

५ फाल्गुन २०७९, शुक्रबार ०२:३९

काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन्।

२३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन्। सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो। निर्वाचनमा १५१७ मत खसेको थियो।

निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ। तर, एक नेताका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन्।

प्रतिक्रिया दिनुहोस्