Flash News

राष्ट्रपति रबर स्ट्याम्प बनाउनु हुँदैन: अध्यक्ष केसी

५ फाल्गुन २०७९, शुक्रबार ११:३६

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब हुने राष्ट्रपति रबर स्ट्याम्प हुन नहुने अडान राखेका छन्।

अध्यक्ष केसीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटिएको ज्ञापन पत्र बुझाएका थिए। विगतका राष्ट्रपति रबर स्ट्याम्प हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको केसीले बताए।

‘लोकतन्त्र खतरामा पर्‍यो। धर्मनिरपेक्षता सङ्कटमा पर्यो राजावादी सलबलाउन थाले। संघीयताले मुलुक डुब्न थाल्यो भनेर प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउन गएका थियौ’ केसीले भने, ‘अब राष्ट्रपति बनाउँदा रबर स्ट्याम्प जस्तो बनाउनुहुँदैन। मुलुक जनता सोच्ने खालको नेतालाई बनाउनुपर्छ भनेर आफ्ना कुरा राख्यौँ।’

प्रधानमन्त्री प्रचण्डले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा अडिग रहेको बताएका थिए। ‘मैले पनि राष्ट्रपतिमा तपाईँले भने जस्तै गर्न खोजेको हो। सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्न सकेमा राम्रो हुन्छ कि भन्ने लागेको छ। तपाईँको चिन्ता जायज छ यसको सम्बोधन गर्ने प्रयास गर्छु’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्