Flash News

एमाले भक्तपुर जिल्ला अध्यक्षमा देउजा

७ जेष्ठ २०८१, सोमबार ०३:५९

भक्तपुर ।  नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ ।

जिल्ला कमिटीका नवौं अधिवेशन अन्तर्गत गएराती सम्पन्न निर्वाचनबाट देउजा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यो उहाँको दोस्रो कार्यकाल हो ।

अध्यक्ष लगायत सबै पदाधिकारी र केही सदस्यमा एकभन्दा बढी आकाङ्क्षा भएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । अध्यक्षमा अर्का उम्मेदवार मोहनवीर श्रेष्ठ हुनुहुन्थ्यो ।

यसैगरी उपाध्यक्षमा किरण थापा र सचिवमा विष्णु तामाङ निर्वाचित हुनुभएको छ ।

यस्तै उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्