Flash News

नेपाली सेनाले आज २६०औं सेना दिवस मनाउँदै

६ फाल्गुन २०७९, शनिबार ०३:३८

काठमाडौँ। नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ।

नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको छ। सो क्रममा सैनिक मञ्चमा बिशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ। सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारी देखी हेलिकोप्टरवाट पुष्पबृष्टी पनि गरिने्छ।

जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे बिशेष प्रदर्शन गरिनेछ। उक्त राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिस, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछन्।

नेपाली सेनाको २६०औं दिवसलाई अझ भब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ। सेना दिवसको अवसरमा भारतीय सेनाका पुर्व प्रमुखलाई बोलाइएको यो पहिलो पटक नेपाल हो। कार्यक्रममा सहभागी हुन भारतीय सेनाका पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा बिहिबार नै काठमाडौं आइपुगेका हुन् भने मनोज मुकुन्द नरवाणे आइतबार बिहान आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्