Flash News

एमाले सुनसरीको अध्यक्षमा निलम खनालको प्यानलै विजयी

९ जेष्ठ २०८१, बुधबार १५:३४

विराटनगर । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनालको प्यानलै विजयी भएको छ । अध्यक्षका उमेद्वार खनालले ३८७ मत पाए । उनका प्रतिस्पर्धी खेमराज पोख्रेलले २८७ मत पाए ।

उपाध्यक्षमा भने ३ मतको अन्तरले खेमराज प्यानलका नन्द बस्नेत पराजित भए । बस्नेतले ३२९ मत पाउदा उपाध्यक्षमा विजयी पर्शुराम यादवले ३३२ मत पाए । सचिवमा भने राम कोइराला विजयी भए । कोइरालाले ३८८ मत पाउँदा उनका प्रतिस्पर्धी पदम लिम्बुले २७० भोट पाए ।

उपसचिवमा इन्द्रकला राईले ४३८ मत पाउँदा उनका प्रतिस्पर्धी कमला मगरले १९१ भोट पाए ।उपसचिव पद(पुरुष)मा याम सुब्बाले ३८५ मत पाउँदा उनका प्रतिस्पर्धी देबानन्द मेहताले १९७ भोट पाए ।

 

 

१)

प्रतिक्रिया दिनुहोस्