Flash News

राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारे सोच्न सकिन्छ: झलनाथ खनाल

७ फाल्गुन २०७९, आईतवार ०७:२७

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिने बताए ।

कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएकाले अब राष्ट्रपतिका विषयमा गम्भीर छलफल हुने बताए ।

आफू भारत भ्रमणमा निस्किएपछि राष्ट्रपतिका विषयमा अनेक टिप्पणी भएकोमा खनालले खण्डन गरे । भारतमा हुँदा राष्ट्रपतिका विषयमा कुनै चर्चा समेत नभएको उनले बताए । ‘कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएँ । भारतीय कम्युनिस्ट नेताहरूको भेटघाट र छलफल भयो’ खनालले भने, ‘म नेपाल फर्किसकेको छु । अहिलेसम्म राष्ट्रपतिका विषयमा कुनै केही भएको होइन । मान्छेहरूले अनेक तरिकाले चर्चा गरी रहेका छन् । राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारेमा सोच्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्