काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले, आदिवासी र जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
काठमाडौंमा बुधबार आयोजित चौंथो आदिवासी जनजाति चलचित्र महोत्सव समारोहमा उनले आदिवासी जनजाति सम्बन्धी विधेयक मन्त्रालयसम्म मात्र पुगेको भन्दै सदनमा पुगेपछि आदिवासी र जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
उनले भनिन्, ‘यहाँहरुले आदिवासी जनजाति सम्बन्धी विधेयकको कुरा गर्नुभयो । कहाँ पुग्यो भन्दा त्यहि मन्त्रालयसम्म मात्र पुगेको छ । हाम्रा कयौं विधेयकहरु थाँती लागेर बसेका छन् । अब सदनसम्म कहिलेपो आइपुग्ने । विधेयक संस्कृति पर्यटन मन्त्रालयमा होला यहँहरुले हुटहुटी गरेर त्यो विधेयकहरु सदनसम्म पु¥याउनुप¥यो म त्यहाँ छु । मैले पनि आदिवासी जनजातिका मुद्दाहरुलाई सम्बोधन गर्ने छु ।’
उनले आदिवासी र जनजातिका मुद्दाहरुलाई जबसम्म राजनीतिक रुपमा स्वीकृति हुँदैन तबसम्म आदिवासी र जनजातिहरु अगाडि बढ्न नसक्ने बताइन् । आदीवासी जनजातिले गीतमा र संस्कृतिमा भुलिने मात्र नभई हरेक नेतृत्वमा सहभागि हुनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्,‘जबसम्म हाम्रो मुद्दाहरु र राजनीतिक रुपमा स्वीकृति हुँदैन । हामी पछि नै पर्न सक्छौं । आज हरेक आदीवासी जनजातिले गीतमा र संस्कृतिमा भुलिने मात्र होइन् । आफ्ना बालबालिकालाई पढाइमा खर्च गर्ने भाषालाई घरबा नै सिकाएर संरक्षण गर्ने र हरेक नेतृत्वमा तपाईहरु जानुपर्छ ।’