Flash News

संस्कृति र परम्परा संरक्षणमा एमाले अध्यक्ष ओलीको जोड

२६ जेष्ठ २०८१, शनिबार १४:५३

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएका परम्परा र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा एमालेको पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  विश्वभरिका हिन्दु र बौद्ध धर्मप्रति आस्थावान पर्यटकका लागि नेपाल विशेष गन्तव्य भएको बताए ।

उनले भने, ‘नेपालमा धार्मिक पर्यटनका प्रचुर सम्भावनाहरु छन् । खासगरि विश्वभरिका हिन्दु र बौद्ध धर्मावलम्वीका लागि अझ विशेष गन्तव्य हो नेपाल । भगवान शिवको विशेष धर्तीका रुपमा रहेका कारण नेपालमा हिन्दु धर्मप्रति आस्था राख्नेहरुका लागि महत्वपूर्ण भूमिका रुपमा नेपाललाई लिइन्छ । अर्को, भगवान गौतम बुद्धको जन्मभूमि पनि यहीँ हो । बुद्धको जन्मथलो मात्र नभइ संसारभर वुद्धिजम प्रभाव समेत गरिरहेको छ । बुद्धिजमको मुहान र स्रोत पनि हो नेपाल ।’

सरकारले नेपालमा रहेका हरेक संस्कृति र परम्पराहरुको संरक्षण गर्नुपर्ने ओलीको भनाइ थियो ।

नेपालमा पर्यटनको विकास र आर्थिक समृद्धिका लागि इतिहास र धर्म सम्बन्धि खोजमुलक ग्रन्थहरु बजारमा ल्याउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्