Flash News

माओवादीले भन्यो–विश्वासको मत फेस गर्छौँ

२६ असार २०८१, बुधबार १६:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्मा विश्वासको मत फेस गर्ने भएका छन् । माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बसेको बैठकले विश्वासको मत फेस गर्ने उल्लेख गर्दै अन्य राजनीतिक दललाई पनि पक्षमा मतदान गर्न अनुरोध गरेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्