प्रदेश समाचार

नन्दादेवी क्याम्पसको सभापतिमा उपाध्यक्ष बिष्टले उम्मेदारी दिने

२० फाल्गुन २०७९, शनिबार १०:१९

कालिकोट। श्री नन्दादेवी बहुमूखी क्याम्पस नरहरिनाथ गाउँपालिकाको स्ववियु सभापतिका लागि रोशन बिष्टले उम्मेदारी दिने भएका छन्।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू जिल्ला कमिटी कालिकोटका उपाध्यक्षसमेका बिष्टले आफूले स्ववियु सभापतिका निम्ति उम्मेदारी दिने बताएका छन्।

बिष्टले कर्णाल सन्देशसँगको संक्षिप्त कुराकानीमा भने, ‘आगामी चैतामा हुने स्ववियु निर्वाचनमा हाम्रो संगठन अनेरास्ववियूले देशभरी भाग लिन्छ। जस अन्तरगत नरहरिनाथ गाउँपालिकामा रहेको नन्दादेवी क्याम्पसमा हाम्रो संगठनको तर्फबाट म स्ववियु सभापतिका लागि तयार छु।’

गठबन्धन छ अनेरास्ववियूले नै पाउछ त ? भनेर सोधिएको प्रश्नको जवाफमा बिष्टले भने, ‘हेरौं गठबन्धनको अवस्था कस्तो हुन्छ। तर, यहाँ हाम्रो संगठनको भागमा पर्ने सम्भावना धेरै छ। जिल्लाका अन्य क्याम्पसमा अरू विद्यार्थी संगठनहरूले लिएर नन्दादेवी क्याम्पस हाम्रो संगठनलाई छोड्नुपर्छ भन्ने हाम्रो लाईन छ।’

प्रतिक्रिया दिनुहोस्