Flash News

पेशागत महासंघ र कर्मचारी संगठनको संयुक्त प्रदेश अधिवेशन सम्पन्न

२० फाल्गुन २०७९, शनिबार १६:२१

सुर्खेत। पेशागत महासंघ, नेपाल र एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको संयुक्त प्रदेश अधिवेशन सम्पन्न भएको छ।

शनिबार नेकपा एकीकृत समाजवादी निकट दुबै संगठनको कर्णाली प्रदेश अधिवेशन सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको हो। पेशागत महासंघ कर्णाली प्रदेश संयोजक अमृता रावतको अध्यक्षता सम्पन्न अधिवेशनको प्रमुख अथिति पार्टी उपमहासचिव तथा कर्णाली प्रदेशका इन्चार्ज प्रकाश ज्वाला थिए।

खम बहादुर थापाको सञ्चालन तथा देव बहादुर बुढाको स्वागतमा आयोजित अधिवेशनहरूको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव ज्वालाले गरेका थिए।

एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव शरण कुमार गुरुङ, नेकपा (एकीकृत समाजवादी) प्रदेश सचिव कृष्ण बिसी, रमेश भण्डारी, भिम बहादुर बिष्ट, गोरख बुढालगायतले शुभकामना मन्तव्य राखेका थिए।

तस्बिर: प्रकाश ज्वालाको फेशबुकबाट साभार

प्रतिक्रिया दिनुहोस्