Flash News

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला (पूर्णपाठ)

२३ फाल्गुन २०७९, मंगलवार १६:१९

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। लामिछानेको नागरिकताका विषयमा लामिछानेलाई विपक्षी बनाउँदै  रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद  खारेज गरिदिएको थियो।

लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको थियो। यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको थियो।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्