Flash News

सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ५ जनाको मृत्यु

२८ फाल्गुन २०७९, आईतवार ०६:०१

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवाले रातोपाटीलाई बताए ।

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताए ।

एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस  सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्