विश्व

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार माथी गोली प्रहार

२६ जेष्ठ २०८२, आईतवार ०८:२१

काठमाडौं, २५ जेठ ।  दक्षिण अमेरिकी देश कोलम्बियामा चुनावी प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ ।

उनी हाल अस्पतालमा भर्ना छन् । अवस्था नाजुक रहेको छ । उरिबेले राजधानी बोगोटामा एक र्‍यालीलाई सम्बोधन गर्दै थिए।

बोगोटाका मेयर कार्लोस गालानका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। ३९ वर्षीय उरिबे विपक्षी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्