प्रदेश समाचार

संघीयता कर्णालीका लागि अपरिहार्य छ: विन्दमान विष्ट

१८ चैत्र २०७९, शनिबार ०४:०२

सुर्खेत। कर्णाली सरकारका पूर्व अर्थमन्त्री एवं माओवादी सांसद विन्दमान विष्टले संघीयता कर्णालीका लागि अपरिहार्य भएको बताए।

उनले अहिले संघीयतामाथि प्रश्न उठिरहेकाले त्यसलाई चिर्नका लागि भएपनि प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्ने बताए ।

प्रदेशसभामा मुख्यमन्त्री राजकुमार शर्माको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा बोल्दै उनले अब सबै दलहरु एक ठाउँमा रहेर कर्णालीको विकास र समृद्धिमा एकताबद्ध हुनुपर्ने बताए ।

साथै विष्टले खर्चको सिमालाई हेरेर कर्णालीमा पाँच वटासम्म मन्त्रालय भए प्रयाप्त हुने बताए । अहिले कर्णालीमा ६ वटा मन्त्रालय, १ मुख्यमन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्