काठमाडौँ । भारतको जम्मू कश्मीरका पूर्व राज्यपाल सत्यपाल मलिकको निधन भएको छ ।
सत्यपाल मलिकको उपचारको क्रममा दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा निधन भएको उनका निजी सचिव केएस राणाले जानकारी दिएका छन् ।
मालिक जम्मू कश्मीर बाहेक, बिहार, गोवा र मेघालयका समेत राज्यपाल बनेका थिए । उनी लोकदल, भारतीय नेशनल कांग्रेस, जनता दल हुदै भारतीय जनता पार्टीबाट राजनीति गरेका थिए । उनी विधायक हुदै राज्य सभा सांसद, लोकसभा सांसद हुदै केन्द्रीय राज्य मन्त्री समेत बनेका थिए ।