विश्व

नर्बेका राजकुमार माथी ३२ मुद्दा दायर, ४ वटा बलात्कार सबन्धी

४ भाद्र २०८२, बुधबार १५:०३

काठमाडौं, ४ भदौं । नर्वेकी राजकुमारी मेट–मेरिटका छोरा मारियस बोर्ग होइबीलाई कुल ३२ वटा अपराधमा मुद्दा दायर गरिएको छ।

जसमध्ये चारवटा बलात्कारका घटना छन् । यसबाहेक घरेलु हिंसा र कुटपिटका घटना पनि धेरै छन् । मारियस होइबीलाई गत वर्ष अगस्ट ४ मा आफ्नी प्रेमिकालाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यसयता प्रहरीले उनीमाथि मुद्दाको अनुसन्धान गरिरहेको छ ।

मारियस होबीको जन्म युवराज मेट–मेरिट र क्राउन प्रिन्स हाकनको विवाहपूर्व सम्बन्धबाट भएको थियो।

सरकारी वकिल स्टुर्ला हेनरिकेस्बोले मारियस माथि धेरै महिलाको जानकारी र सहमति बिना गोप्य रूपमा यौनाङ्ग खिचेको आरोप पनि लागेको बताइन्। यी अपराधका लागि उनलाई १० वर्षसम्म जेल सजाय हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्