
झापा । झापामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ ।
झापा गाउँपालिका–२ स्थित कुवाडी क्षेत्रमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पटका बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्ति बोरा छाडेर फरार भएका थिए ।
प्रहरीले बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ । बरामद पटका करिब एक लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।