प्रदेश समाचार

काठमाडौँको कागेश्वरीस्थित औषधी उद्योगमा आगलागी

२१ जेष्ठ २०८०, आईतवार १५:२९

काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ ।

आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो ।

हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट  आगलागी भएको बताइएको छ । उद्योगमा भएको आगलागी नियन्त्रण लिन दमकल नपुगेको स्थानीयले बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिको दमकल समेत नपुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्