गण्डकी प्रदेश

पोखरामा ब्राह्मण समाज गठन

९ पुष २०८०, सोमबार ०४:५६

लेखनाथ, ८ पुस । ब्राह्मण समाज पोखरा महानगरपालिवा वडा नं २६को चौथो अधिवेशनले आगामी कार्यकालका लागि आनन्दप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा लक्ष्मी रिमाल, सचिवमा फणिन्द्र प्रसाद पौडेल, उपसचिवमा ज्योती अधिकारी, कोषाध्यक्षमा देवी अधिकारी र सदस्यहरूमा डिल्लीराम पौडेल, डिलमाया न्यौपाने, डिल्लीराम न्यौपाने, गणेश अधिकारी, दुर्गादत्त ढकाल र सरला अधिकारी छन् ।

ब्राह्मण समाज कास्कीका अध्यक्ष डिल्लीरमण बास्तोलाको उपस्थितिमा भएकोे सो भेलाले हिमप्रसाद कडेल, खेमराज उपाध्याय, लक्ष्मीप्रसाद पौडेल, मोहनाथ त्रिपाठी र नरभुपाल पौडेललाई सल्लाहकारमा चयन गरेको छ भने नगर परिषद सदस्यमा सोमनाथ उपाध्याय र कृष्णप्रसाद ढुगानालाई चयन गरेको सचिव फणिन्द्र प्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्