गण्डकी प्रदेश

आज राति पोखरा लेकसाइडमा आतिसबाजी हुने

१५ पुष २०८०, आईतवार ०८:१७

पोखरा, १५ पुस । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ  । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आइतबार राति आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको होे ।

रेवान पोखराले विगत २५ वर्षदेखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आइतबार मध्यराति १२ बजेपछि नयाँ अग्रेंजी वर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारी भई रहँदा पोखरामा विगत लामो समयदेखि पर्यटन प्रबद्र्धनको निम्ति महोत्सव हुँदै आएको छ ।

आतिशबाजी हेर्न कास्कीसहित छिमेकी जिल्लाबाट समेत दर्शकहरु आउने गरेको बताइएको छ । सडक महोत्सवमा आइतबार  वरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुुली, बद्री पंगेनी, चर्चित गायिक समीक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्