Flash News

सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा

१७ माघ २०८०, बुधबार १०:५२

मुकेशकुमार यादव

सिरहा, १७ माघ। सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।

सबडिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टिबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुरतर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लाहानले जनाएको छ ।

विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए। आवश्यक कागजात खोजतलाससहित यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

वन कार्यालयले काठ तस्करी नियन्त्रणका लागी प्रयास गरेपनि प्रहरी प्रशासनको मौन्ताले सिरहाको चुरेक्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको स्थानियहरु बताउँछन्। यस क्षेत्रबाट तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातीको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पुर्याउने गरेको स्थानीयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्