विश्व प्रेस

विवादकी पर्याय पुनम : पतिमाथि यौन उत्पीडनको आरोपदेखि क्रिकेट टोलीका लागि नग्नतासम्म

१९ माघ २०८०, शुक्रबार १०:१७

काठमाडौं । भारतीय कला क्षेत्रकी चर्चित मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनले बलिउड शोकमा डुबेको छ । पाण्डेले शुक्रबार ३२ वर्षका उमेरमा सर्वाइकल क्यान्सरका कारण उनले संसार छोडेकी हुन् । पुनम बलिउड यात्रा भने विवादरहति हुन सकेन । उनी बिलउडमा प्रवेश गरेदेखि नै उनको जिन्दगी विवाद र कन्ट्रोभर्सी वरपर नै घुम्यो ।

कानपुरमा जन्मिएर हुर्किएकी उनको बाल्यकाल आर्थिक संकटबाट गुज्रियो । सामान्य परविारमा जन्मिएकी पुनमले एक टेलिभिजन शो ‘लकअप’मा बाल्यकालिन संकटको बारे खुलासा बोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘यस्तो दिन पनि देखें जब घरमा एक पैसा हुँदैन थियो । यस्तोमा मेरो परिवार खानाको नाममा चामल, नुन र पानीले आफ्नो पेट भथ्र्यो’,

त्यस्तै, गरिबिसँग लड्दै उत्तर प्रदेशको एक सानो सहरबाट निस्किएर पुनम मायानगरी मुम्बई पुगिन् । यो यात्रा पनि उनका लागि मुस्किल थियो । फिल्म ‘नशा’बाट बलिउडमा पाइला चालेकी पुन कैयौं पटक विवादको शिकार बनिन् । भारतीय क्रिकेट टोलीका लागि कपडा खोल्नेदेखि लिएर अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रासँग उनले लामै झमेलाको सामना गर्नुपर्यो । अदालतसम्म कानूनी लडाई उनको जीवनका चर्चित विवाद बन्न पुग्यो ।

भारतीय क्रिकेट टिमलाई लिएर पुनमले दिएको एक घोषणाले भारतमा सनसनी नै मच्चिएको थियो । उनले फ्यानलाई भारतले सन् २०११ को विश्वकप क्रिकेट जितेमा आफूले सबै कपडा उतारिदिने घोषणा गरेकी थिइन् । उनको घोषणाले पुनमलाई रातारात चर्चित बनाएको थियो ।

पतिमाथि यौन उत्पीडनको आरोप

पुनमले ३ वर्षको डेटपछि प्रेमी साम बम्बेसँग सन् २०२० मा विवाह गरेकी थिइन्  । तर, उनीहरुको विवाह एक महिना पनि टिकेन । गोवामा हनिमुनको बेला पुनमले पतिविरुद्ध प्रहरीमा उजुरी दिइन् । उनले सामले आफूलाई यौन उत्पीडन गरेको र धम्की दिएको दाबी गरेकी थिइन् ।

राज कुन्द्रासँग कानूनी लडाईं

अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको मामलामा विवादमा तानिए । त्यो बेला पुनमसँग उनको कानूनी लडाईंले उत्तिकै चर्चा पायो । अभिनेत्रीले राजको एक फर्मसँग आफ्नो नाममा एप बनाउनका लागि एक सम्झौता गरेकी थिइन् । सम्झौतामा उनले केही रकम पाउने उल्लेख गरिएको थियो । पुनमका अनुसार फर्ममा शेयरलाई लिएर केही खटपट भएको थियो । यस्तो अवस्थामा उनले सम्झौता फिर्ता लिइन् । तर त्यसको दोष उनैले भोग्नुपर्यो ।

त्यसैगरी विभिन्न विवादकै कारण देश पनि छोड्नुपर्यो । पुनमले खुलाए अनुसार,  उनको निजी नम्बरमा अपरिचित व्यक्तिले फोन गरेर भिविन्न धम्कीहरु दिने गरेका थिए । यहीकारण उनले केही महिनाका लागि देश छोडेकी थिइन् । उनले राज कुन्द्रामाथि गम्भीर आरोप लगाएकी थिइन् । उनले राजसँग काम गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको बताएकी थिइन् । उनले राजसँगको सम्झौता फिर्ता लिएपछि आफूले भुक्तानी नपाएको दाबी गरेकी थिइन् । यसबाहेक उनको निजी एकाउण्ट ह्याक गरियो र उनको गोपनियताको धज्जी उडाइएको थियो । अन्नतः पुनम विवादकी पर्याय बन्दै संसारबाट विदा भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्