Flash News

धनगढीमा वृद्धको पेटमा बोतल भेटियो

३० चैत्र २०७९, बिहीबार १३:५६

धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।

धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो।

उनकाअनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोतल भेटिएको थियो। चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्