Flash News

बाघको आक्रमणमा परी हुम्लाका शाही घाइते

८ फाल्गुन २०७९, सोमबार ११:११

काठमाडौँ। बझाङ्ग जिल्ला खप्तडछान्ना गाउँपालिका पाटादेवल नजिकैको जङ्गलमा भेडा, च्याङ्ग्रा चराईरहेको बेला राजमल शाही बाघको आक्रमणमा परेर घाइते बनेका छन्।

हुम्ला सिमिकोट ७ घर भई बझाङमा भेडा बाख्रा पालन गर्दै आएका शाहीलाई गते गत शुक्रबार करिब ११ बजे बाघले आक्रमण गरेको थियो। लगभग २५ मिनेट जति शाही बाघसँग लडाई लडेका थिए।

शाहीको खुट्टा र हातमा गम्भीर चोट लागेको उनका आफन्त यज्ञबहादुर शाहीले हिमालय आवाजलाई जानकारी दिएका छन्। यज्ञबहादुरका अनुसार घाइते शाहीको यतिबेला जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ।

२ वटा कुकुरले उनलाई बचाउन सफल भएको घाइते शाही बताउछन्। २ वटै कुकुर घाइते अवस्थामा छन्। शाही दिउसो जङ्गलमा भेडाबाख्रा चराईरहेको थिए।

प्रतिक्रिया दिनुहोस्